काठमाडौं । टेरामक्स खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिट्टै विशेष अदालतमा मुद्दा दर्ता गर्ने अभिब्यक्ति प्रमुख आयुक्त प्रेमकुमार राईले दिइसकेका छन् । टेरामक्स खरिद अनियमिततामा प्रत्यक्ष मुछिएका मुख्यसचिव बैकुन्ठ अर्याल भने भ्रष्टाचारमा मुद्दा चल्न नदिनका लागि बिभिन्न बिचौलिया प्रयोग गर्दैआएका थिए । बालुवाटारदेखि अख्तियारका पदाधिकारीसँगको पहुँच देखाउँदै टेलिकमका ठेक्कामा कब्जा जमाएका राम थापालाई उनले प्रयोग गर्दैआएका थिए ।
टेरामक्समा मुद्दा नचलाउने वातावरण बनाउन बिचौलिया प्रयोग गर्दैआएका अर्याल अख्तियारको थुनामा रहेका सुरक्षण मुद्रण विकास समितिका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग घुस लिएको काण्डमा परेका छन् । जुन काण्डमा उनले रकम लिएको भौचरसमेत कान्तिपुरले सार्वजनिक गरेको छ ।
टेलिकमका धेरै ठेक्का सेटिङमा कब्जा गर्दैआएका राम थापा नामका बिचौलियालाई उनले अख्तियार मिलाउनका लागि परिचालन गरेका थिए । स्रोतका अनुसार राम थापाले अख्तियार प्रमुख प्रेमकुमार राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै टेरामक्समा जोगाइदिने आश्वासन दिएका थिए ।
अख्तियारमा पहुँच देखाएर प्रमुख आयुक्त राईको बदनाम गर्दै आएका थापा टेलिकमको बिलिङको ठेक्का लिनका लागि मुख्यसचिवमार्फत् पनि प्रबन्ध निर्देशक संगीता पहाडीलाई दबाब दिइरहेका छन् । उनका श्रीमान सेनाका प्राविधिक कर्णेल विश्वबन्धु पहाडीसँग थापाको दैनिकजसो उठबस हुने गरेको छ । एमडी संगीता पहाडीका श्रीमानले नै टेलिकमका ठेक्कामा सेटिङ गर्दैआएका छन् ।
बिचौलिया थापाले आफन्तको नाममा कम्पनी खोलेर अख्तियारमा पहुँच देखाएर टेलिकमका ठेक्का लिने गरेका छन् । पछिल्ला दिनमा राम थापा टिकटक खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पुगिसकेका छन् । बालुवाटारमार्फत् उनी टिकटक खुलाउने दाउमा छन । दूर संचार प्राधिकरणले भित्रभित्रै चलाएको भन्दै इन्टरप्रदायक संस्थाहरुलाई कारबाही गर्ने सूचना जारी गरिरहेको बेला थापा भने बालुवाटारमार्फत् खुलाउन हिंडेका हुन् । थापाको माओवादी नेता जनार्दन शर्मासँग पनि हिमचिम रहेको बताइन्छ ।
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend