Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • टेरामक्स खरिदमा पूर्वमन्त्री बस्नेत र पूर्वसचिव ज्ञवालीसहित १६ जनाबिरुद्ध मुद्दा दर्ता, ३ अर्ब २१ करोड बढी बिगो माग


    बिहिबार, जेष्ठ १ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बहुचर्चित टेरामक्स खरिद घोटालामा नेपाली कांग्रेसका सांसद तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाका अख्तियार बिरुद्ध दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको लागि टेरामक्स उपकरण खरिद खरिद प्रकरणमा लामो समयदेखि अख्तियारले अनुसन्धान गर्दैआएको थियो । नेपाल सरकारको सहसचिव भए पनि दूरसंचार प्राधिकरणका बोर्ड सदस्य भएर दोहोरो सुविधा लिएका पूर्व कानून सचिव धनराज ज्ञवालीका बिरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

    पूर्व संचारमन्त्री गोकुलप्रसाद बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध भने मुद्दा चलाइएको छैन । पूर्व संचार सचिव बैकुन्ठ अर्यालका बिरुद्ध पनि मुद्दा दर्ता गरिएको छैन ।

    कस कसका बिरुद्ध दायर भयो मुद्दा ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार