काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ।
बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले पौडेलविरूद्ध उक्त फैसला गरेको हो।
पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र सोही रकम जरिवाना तथा बिगो तिर्ने फैसला सुनाइएको विशेष अदालतले जनाएको छ।
उनीहरू दुबैलाई अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विकल पौडेलसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सोही प्रकरणमा अख्तियारले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले उनलाई सफाइ दिने फैसला गरेको थियो।
विशेष अदालतले गत कात्तिक १४ गते पौडेलसहितलाई दोषी ठहर गरेको थियो भने बिहीबार सजाय निर्धारणका लागि पेशी तोकिएको थियो। फैसलाअनुसार दोषी ठहर गरिएका व्यक्तिहरूले कैदसँगै कानुन अनुसार तोकिएको जरिवाना रकम तिर्नुपर्ने विशेष अदालतले जनाएको छ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend