काठमाडौं । आज साताको पहिलो करोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.८१ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से १.३३ प्रतिशतले घटेर १९७९.०२ विन्दुमा बन्द भएको हो ।
यस दिन तीन अर्ब आठ करोड ६९ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भयो । कारोबारमा आएका मध्ये ३८ कम्पनीको सेयर मूल्य बढ्यो । २०६ कम्पनीको सेयर मूल्य घट्यो । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
१३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक १.४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८० प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक २.४२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज पनि १० प्रतिशतले नै बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रत्येक दिन १० प्रतिशतले वृद्धि हुँदै आएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend