Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘ग्यालेक्सी ए१५ फाइभजी’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


    सोमबार, फाल्गुन ७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। सामसङको ‘ग्यालेक्सी ए१५ फाइभजी’स्मार्टफोन नेपालमा पनि सार्वजनिक भएको छ । सबैका लागि पहुँचयोग्य बनाउने ‘ए सिरिज’को लक्ष्य अनुसार उक्त स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

    ‘२०२४ ग्यालेक्सी ए सिरिजको लक्ष्य सबैका लागि उत्कृष्ट प्रविधिलाई पहुँच योग्य बनाउने र किफायती मूल्यमा नवीनतम् ग्यालेक्सी इनोभेशनहरू प्रदान गर्नु हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीका अनुसार ‘ग्यालेक्सी ए१५ फाइभजी’मा सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरिएको छ ।​

    एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर एमोल्ड इन्फिनिटी–यू डिस्प्ले छ। उक्त स्मर्टफोनमा ६/१२८जीबी, ८/१२८जीबी र ८/२५६जीबी सम्ममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

    साथै फोटोग्राफीका लागि क्यामेरा उत्कृष्ट रहेको कम्पनीले बताएको छ। पछाडिको सेटअपमा ५० एमपी वाइड – –एंगल क्यामरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामरा समावेश रहेको कम्पनीले बताएको छ।

    ६/१२८जीबी हाइ – इन्ड टेक्नोलोजीमा रहेको स्मार्टफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ, ८/१२८जीबीमा उपलब्ध स्मार्टफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६जीबीमा उपलब्ध स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार