काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले बयान लिएको छ । यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगका अध्यक्ष शेखर पौडेलले बताए।
“हामीले घटनाका जिम्मेवार सबै पक्षको बयानको काम लगभग सकेका छौँ । मन्त्री प्रकाश ज्वालाको पनि केही दिनअघि बयान लिइसक्यौँ,’ पौडेलले भने ।
मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।
उक्त घटनामा मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो समेत जलाइदिएका थिए । सोही घटनाको छानबिन गर्न सरकारले पुस १६ गते उच्च अदालत पाटनका पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।
कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा घटनाले अप्रिय रूप लिएको थियो । सरकारले आयोगलाई एक महिनाभित्र घटनामा भएको मानवीय, भौतिक लगायतका क्षतिको विवरण, घटनामा संलग्नहरूको कमीकमजोरी पत्ता लगाएर कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिएको थियो । तर, आयोगले एक महिनामा प्रतिवेदन बुझाउन नसकेपछि थप १५ दिनको समय थप गरेको थियो ।
बालकुमारी घटनामा गृह मन्त्रालयले प्रहरीको कमजोरी देखाउँदै फिल्डकमान्डमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरेको थियो ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
काठमाडौँ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend