काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले बयान लिएको छ । यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगका अध्यक्ष शेखर पौडेलले बताए।
“हामीले घटनाका जिम्मेवार सबै पक्षको बयानको काम लगभग सकेका छौँ । मन्त्री प्रकाश ज्वालाको पनि केही दिनअघि बयान लिइसक्यौँ,’ पौडेलले भने ।
मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।
उक्त घटनामा मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो समेत जलाइदिएका थिए । सोही घटनाको छानबिन गर्न सरकारले पुस १६ गते उच्च अदालत पाटनका पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।
कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा घटनाले अप्रिय रूप लिएको थियो । सरकारले आयोगलाई एक महिनाभित्र घटनामा भएको मानवीय, भौतिक लगायतका क्षतिको विवरण, घटनामा संलग्नहरूको कमीकमजोरी पत्ता लगाएर कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिएको थियो । तर, आयोगले एक महिनामा प्रतिवेदन बुझाउन नसकेपछि थप १५ दिनको समय थप गरेको थियो ।
बालकुमारी घटनामा गृह मन्त्रालयले प्रहरीको कमजोरी देखाउँदै फिल्डकमान्डमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरेको थियो ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend