काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका कार्यकर्ताहरुले सिहंदरबारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै र मन्त्री ज्वालाको राजीनामा माग्दै आज देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेका हुन् ।
ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् ।
ईपीएस कोरिया भाषा विवादमा आन्दोलन चर्किरहेका बेला मन्त्री प्रकाश ज्वाला ललितपुरको बालकुमारी पुगेपछि हिंसा भड्किएको थियो ।
जसमा दुई जना युवक प्रहरीको बल प्रयोगमा मारिएका थिए । यो प्रकरणमा छानबिन गर्न सरकारले बनाएको समितिले मन्त्री ज्वाला बालकुमारी पुग्नुलाई नै गलत ठहर गरेको छ ।




काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend