काठमाडौं। गत पुस १३ गते ललितपुरस्थित बालकुमारी क्षेत्रमा २ जनाको ज्यान जाने गरी भएको घटनाका सन्दर्भमा बयान दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ। उक्त बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि डाकेको हो।
आयोगका १ जना सदस्यले मन्त्री ज्वालाई बयानका लागि उपस्थित हुन भनेर पत्र काटिएको जानकारी दिए। घटना भएको दिन घटना क्षेत्रमा किन गएको तथा उक्त क्षेत्रमा के–के भएको थियो भन्नेबारे प्रश्न सोध्न मन्त्री ज्वालालाई बोलाइएको ती सदस्यले जानकारी दिए।
‘मन्त्रिपरिषद्मा जानकारी गराएर उहाँलाई पत्र पठाएका छौँ। उहाँले बयानका लागि आउने भनेर जानकारी पनि गराउनु भएको छ,’ आयोगका ती सदस्यले भने।
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन्। पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए।
वैदेशिक रोजगारीका लागि कोरिया जानेका सन्दर्भमा तय भएका कतिपय प्रावधानको विरोधमा युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा मन्त्री ज्वाला झण्डावाल गाडीमा उक्त क्षेत्रमा पुगेका थिए।
मन्त्री ज्वाला घटनास्थलमा पुगेपछि आक्रोशित युवाहरुले प्रदर्शन थप चर्काएका थिए। जसक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली समेत चलाएको थियो। यस्तै, प्रदर्शनकारीले मन्त्रीको गाडी नै जलाइदिएका थिए।
प्रहरीको बल प्रयोगबाट अछामका शाह र दैलेखका रावतको ज्यान गएको थियो। उक्त घटनापछि सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।
जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको बताइएको छ। आयोगले ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको हो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend