काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक–फरक बनाउन अर्थ मन्त्रालयले नदिएको बताएका छन् । आइतबार सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीसँग छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
ज्वालाले सडक सुरक्षा र सार्वजनिक सडक ऐन अलग–अलग ‘ड्राफ्ट’ गरेर मन्त्रालयमा पठाइएको बताए । तर, अर्थले ‘मर्ज’ गरेर एउटै बनाएर पठाइदिएको उनको गुनसो छ ।
उनले सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको उल्लेख गरे । यातायात मन्त्रालय सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको उनले बताए ।
“…विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक–फरक छ,” उनले भने, “सडक सुरक्षा ऐन अलग्गै गराउने गरी प्रस्ताव पास गर्नुपर्छ । हामी अलग्गै बनाउनुपर्छ भन्ने पक्षमा छौँ ।”
मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्न हुँदा समस्या उत्पन्न भएको भन्दै एकरूपतामा जोड दिए । उनले अपांगता भएका व्यक्तिलाई स्कुटर, टेम्पो र ईरिक्साको लाइसेन्स उपलब्ध गराउने विषयमा बढी ध्यान दिन जरुरी रहेको बताए ।
‘ह्याभीवेट’ सवारीसाधको ‘ट्रायल’ उत्तीर्ण गरिसकेपछि पुनः अन्तर्वार्ता दिने विषयको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरे । उनले ‘सेटिङ’ मिलाएर हुने बद्मासी रोक्न जरुरी रहेको औँल्याए ।
साथै मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिई ‘पास’ गरेको प्रमाणपत्र पेस गरेपछि मात्र ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend