Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • थप तीन महिनाका लागि त्रिविको उपकुलपतिमा भुसाल नियुक्त


    मंगलबार, माघ १६ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उनलाई पुनः नियुक्त गरेका हुन्।

    १६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । उनको तीन महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी थियो ।

    सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो । उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार