काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल र अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई एक सहायक प्रहरी निरीक्षक(असई)ले कुटपिट गरेका छन् । शुक्रबार अध्यागमन अधिकृत मोक्तानमाथि विमानस्थलमा कार्यरत असई संजय तामाङसहितका ४ जना प्रहरीले एक्कासी हातपात गरेका थिए ।
प्रहरीले विनाकारण आक्रमण गरेको बिषयमा उनले कार्यालय प्रमुख गोगन हमाललाई गुनासो गरेका थिए । सीसीटीभी फुटेज हेर्दा अधिकृतलाई विना गल्ती कुटपिट गरिएको भेटिएपछि कार्यालय प्रमुख हमालले असई तामाङलाई आक्रमण किन गरेको भनेर प्रश्न गरेका थिए । बिनाकारण अधिकृत मोक्तानलाई कुटपिट गरेको बिषयमा सोध्दा असई तामाङले उल्टै कार्यालय प्रमुख हमाललाई नै हातपात गरेका थिए ।
पछिल्लो समयमा विमानस्थल अध्यागमन र प्रहरीबीच भिजिट भिसामा यात्रु पठाएको बिषयले विवाद बढ्दै गएको छ । प्रहरीले भिजिट भिसामा कर्मचारीकै सेटिङमा बैदेशिक रोजगारीमा जाने गरेको आरोप लगाउँदैआएको छ । भिजिट भिसामा सेटिङ गर्ने अध्यागमन अधिकृत नरवीर खड्का पक्राृउ परिसकेका छन् । मुख्य सेटिङमा संलग्न अधिकृत विमल पौडेललाई भने प्रहरीले पक्राउ गर्नसकेको छैन ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend