Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार, कसले हान्यो मुक्का ?


    बिहिबार, माघ ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । बागलुङमा मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँमाथि एक पुरुषले मुक्का प्रहार गरेका छन् । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् ।

    अहिले गौतमलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार