Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईँलाई कालो मोसो


    सोमबार, असोज २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई कालोमासो दलिएको छ। सोमबार काठमाडौंको कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले दुर्व्यवहार गर्दै कालो मोसो दलेका छन् ।

    कसले किन कालो मोसो दल्यो भन्नेबारे खुलिसकेको छैन।

    दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार