Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता, के-के गर्न पाइँदैन?


    आइतबार, पुष २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी ११ माघमा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । आगामी माघ २ देखि १२ गते अर्थात् राष्ट्रिय निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागु हुने गरी आचारसंहिता जारी गरिएको हो ।

    सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    “आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ,” आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्ति पढ्नोस्–

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार