Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • १८ जिल्लाका एसपी सरुवा हुँदै, पर्सा, रुपन्देही र झापाका लागि चर्को प्रतिस्पर्धा


    शनिबार, पुष २८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले आधा दर्जन जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सरुवा गर्ने तयारी गरेको छ । १७ भन्दा बढी जिल्लाका एसपीको कार्यकाल १ बर्ष पुगेकाले सरुवा हुन लागेको हो । धनकुटा, मोरङ, झापा, सिरहा, महोत्तरी, पर्सा, चितवन, सिन्धुपाल्चोक, धादिङ जिल्लाका एसपीको एक बर्ष अवधि पुगिसकेको छ ।

    त्यस्तै, तनहुँ, रुपन्देही, बागलुङ, स्याङ्जा, पाल्पा, बार्दिया, कन्चनपुर, पश्चिम नवलपरासीका एसपीको पनि एक बर्ष पुगेको छ । नेपाल प्रहरीमा सामान्यतया एक बर्षमा इन्चार्ज सरुवा हुने गर्दछन् ।
    पर्सा, झापा र रुपन्देहीको लागि एसपीहरुको चर्को दौडधूप चलेको छ । पर्साको एसपीका लागि नवराज कार्की र कुमोध ढुंगेलको टक्कर छ । ढुंगेललाई पर्साको एसपी बनाउने बचन गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय चलाउने सुशन कर्माचार्यले दिइसकेकी छन् ।

    कार्की पनि नारायणकाजीको सचिवालयकै सदस्य मार्फत् लबिङमा छन् । डीआईजी सरुवामा यज्ञविनोद पोखरेललाई सबैभन्दा आकर्षक मधेश प्रदेशमा पठाउन सफल भएकी सुशनले अब पर्सामा पनि ढुंगेललाई एसपीका रुपमा पठाउन निकै जोडबल गरिरहेकी छन् ।

    रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डित लागिपरेका छन् । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको संभावना क्षीणा रहेको बताइन्छ । एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री रोज राणामार्फत् रुपन्देही जाने प्रयासमा छन् । कुमोध ढुंगेल पर्सा नपाए रुपन्देही जाने कोसिसमा छन् ।

    झापाको एसपीमा मिलन केसी र बसुन्धरा खड्का लागेका छन् । चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले आ आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । पौडेलले चितवनको डीएसपीको रुपमा काम गरिसकेका छन् ।

    मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन् ।

    कांंग्रेस नेता डा. शेखर कोइरालालाई भनसुन गरी मोरङमा एसपी भएका र बीचमै तानिएका शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन सुशन कर्माचार्यकैमा स्रोतले बताएको छ ।  सिन्धुपाल्चोकको एसपीका लागि वीरेन्द्र शाही र माधव बुढाथोकीको नाम पनि आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार