काठमाडाैं। त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। सो अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३०.१८ प्रतिशतले वृद्धि भएको स्रोतले जनाएको छ ।
सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक तिवारीले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रियतर्फ उडानको संख्या ३१ हजार ४६० रहेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ ले कम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
यस्तै, आन्तरिकतर्फ यात्रु आवागमन तथा उडान अवतरण घटेको छ भने कार्गो आवागमनमा गत वर्षको तुलनामा वृद्धि भएको छ ।
यात्रु आवागमन ४१ लाख ५० हजार ३२६ (गत वर्षको तुलनामा ७.०७ प्रतिशतले कमी), उडान अवतरण ९६ हजार ९८९ (गत वर्षको तुलनामा १०.३६ प्रतिशतले कम) रहेको छ ।
यस्तै, कार्गो आवागमन ३ हजार ४२६ दशमलव ८६१ टन रहको छ।
यो संख्या गत वर्षको तुलनामा १०.८७ प्रतिशतले बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend