काठमाडौं । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन् । त्यही जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले टिप्पणी गरे ।
सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’
यदि आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उनले बताए ।
सिटौलाले भने, ‘नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक छ । सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रुपबाट संयुक्त भएर जानु आवश्यक देखेको छु मैले ।’
उम्मेदवार छनौटको सन्दर्भमा जतिसुकै विमती भए पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उनले बताए । ‘निर्वाचनका उम्मेदवार छनोट गर्ने निर्णयका सन्दर्भमा जे जति कुराहरु भएका छन् ती सबलाई थाती राखेर हामी आफ्नो पार्टीका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भरमग्दुर प्रयास गर्छौं । संयुक्त रुपले एकताबद्ध भएर अगाडि जान्छौं ।’
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend