Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिनचिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला


    शुक्रबार, बैशाख २८ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिनचिट दिएर नहुने बताएका छन् ।

    राष्ट्रियसभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर नहुने बताए ।

    लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्दतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् ।

    सिटौलाले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउँदै आफूहरुले आफूहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट गरे ।

    उनले महान्यायाधिवक्ताको कार्यलयले क्लिनचिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार