काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले लगाएको कर्फ्यु तोड्दै सर्लाहीको बरहथवा नगरपालिकामा स्थानीयले फेरि आन्दोलन सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आज मध्यान्ह १२ बजेर ४५ मिनेटदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरे पनि स्थानीय अवज्ञामा उत्रिएका हुन्।
तर, अहिले दर्जनौँ स्थानीय सडकमा उत्रिएपछि अवस्था तनावग्रस्त भएको छ। स्थानीयले कर्फ्यु तोडेपछि प्रहरीले उनीहरूलाई तितरबितर बनाउन अश्रुग्यास प्रहार गरेको छ।
अहिले बरहथवाको बजारक्षेत्रको अवस्था तनावपूर्ण छ। सडकमा निस्किएका स्थानीयलाई प्रहरीले घरमा बस्न भने पनि अवज्ञा भएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिबारेको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गासहित सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले आइतबारदेखि अर्को कर्फ्यु जारी गरिएको बताएका छन्।
कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यु जारी गरेको छ।
उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend