Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ: पर्यटनमन्त्री किराती


    आइतबार, पुष १५ २०८०
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन् । नेपाल पर्यटन बोर्डले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ ।’

    उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताए । उनले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए ।

    उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार