काठमाडौँ। आगामी माघ ११ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।
निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र राख्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ।
बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडामा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ।
लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही; कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ।
मतदानस्थलमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगर प्रमुख-उपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्ने प्रवक्ता पौडेलले जनाए ।
तोकिएका मतदान केन्द्रमा आगामी माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend