काठमाडौं । चीनबाट सामान आयात गर्ने ब्यापारीले ब्रान्डेड सामान ल्याएर कमसल सामान घोषणा गरी भन्सार छली गरेका घटना त प्रायः घटि नै रहेका हुन्छन् । तर रसुवा भन्सार कार्यालयबाट कमसल सामान घोषणा गरी ब्रान्डेड सामान ल्याउने गरेका छन् ।
महानिर्देशक पौडेलले भने–‘भन्सार कार्यालयबाट हुने तस्करी नियन्त्रण गर्ने अभियानमा रसुवामा पठाइएको टोलीले १ सय ५० किलो नाम नखुलेको केमिकल बरामद गरेको छ । उक्त केमिकल के हो भन्ने एकीन भइसकेको छैन ।
रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकसँग प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा फरक सामान बरामद गरेकोबारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भन्सार बिभागले प्रतिवेदन दिएपछि जानकारी पाउनुहोला नि भनेर थप केही बताउन चाहेनन् । कुन ब्यापारीक फर्मले ल्याएको सामान हो भन्ने कुरा समेत उनले भन्न चाहेनन् ।
रसुवा नाकाबाट महंगा सामान ल्याउने र सस्तो सामानको भन्सार तिर्ने ब्यापारीहरुसँग भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठककै सेटिङ रहेको स्रोत बताउँछ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतका भान्जा नाता पर्ने अरुण थापा, वाङ छिरिङ तामाङसहितको समूहलाई तस्करीको लाइन दिएका छन् । वाङ छिरिङ भन्सार प्रमुख पाठकका सवारी चालक छे छिरिङ तामाङका भाइ हुन् । विगत बर्षको तिहारमा भारतबाट आउने ड्राइफुड (काजु, किससिम, पेस्ता) समेत यो बर्ष चीनबाटै तस्करीबाट भित्रिएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend