काठमाडौं । चीनबाट सामान आयात गर्ने ब्यापारीले ब्रान्डेड सामान ल्याएर कमसल सामान घोषणा गरी भन्सार छली गरेका घटना त प्रायः घटि नै रहेका हुन्छन् । तर रसुवा भन्सार कार्यालयबाट कमसल सामान घोषणा गरी ब्रान्डेड सामान ल्याउने गरेका छन् ।
महानिर्देशक पौडेलले भने–‘भन्सार कार्यालयबाट हुने तस्करी नियन्त्रण गर्ने अभियानमा रसुवामा पठाइएको टोलीले १ सय ५० किलो नाम नखुलेको केमिकल बरामद गरेको छ । उक्त केमिकल के हो भन्ने एकीन भइसकेको छैन ।
रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकसँग प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा फरक सामान बरामद गरेकोबारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भन्सार बिभागले प्रतिवेदन दिएपछि जानकारी पाउनुहोला नि भनेर थप केही बताउन चाहेनन् । कुन ब्यापारीक फर्मले ल्याएको सामान हो भन्ने कुरा समेत उनले भन्न चाहेनन् ।
रसुवा नाकाबाट महंगा सामान ल्याउने र सस्तो सामानको भन्सार तिर्ने ब्यापारीहरुसँग भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठककै सेटिङ रहेको स्रोत बताउँछ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतका भान्जा नाता पर्ने अरुण थापा, वाङ छिरिङ तामाङसहितको समूहलाई तस्करीको लाइन दिएका छन् । वाङ छिरिङ भन्सार प्रमुख पाठकका सवारी चालक छे छिरिङ तामाङका भाइ हुन् । विगत बर्षको तिहारमा भारतबाट आउने ड्राइफुड (काजु, किससिम, पेस्ता) समेत यो बर्ष चीनबाटै तस्करीबाट भित्रिएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend