Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट


    बुधबार, मंसिर १३ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।

    मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् ।

    नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

    कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेकाे छ । उनलाई हातपात गर्ने ७ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार