काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले रक्तदान गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि घाईते भई उपचार गराईरहेका घाईतेलाई उपचारमा सहयोग होस् भन्ने उदेश्य रक्तदान गरिएको हो ।
युवा संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । भूकम्पमा परी घाईते भएका व्यक्तिहरु उपचारमा रहेको र उनीहरुलाई रक्तको आवश्यक्ता परेकाले रक्तदान कार्यक्रम गरिएको युवा संघका संयोजक विश्वकर्माले जनाएका छन् ।
यसैगरी युवा संघले नेपालगंज र सुर्खेतमा समेत रक्तदान गर्ने कार्यक्रम रहेको छ । युवा संघ केन्द्रीय कार्यालयको बैठकले भूकम्प पीडितको उद्धार, राहतका साथै उनीहरुको व्यवस्थापनमा युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार काठमाडौंमा रक्तदान गरिएको र अब नेपालगंज तथा सुर्खेतमा समेत रक्तदान गरिने कार्यक्रम रहेको युवा संघका प्रवक्ता सन्जिप राईले बताए । रक्तदान गर्नेलाई एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले प्रमाणपत्र वितरण गरेकी छन् । रक्तदान कार्यक्रममा पार्टी, युवा संघ सहित सर्वसधारणको सहभागिता रहेको थियो ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend