Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सरकारी कोषको दुरुपयोग गर्दै परीक्षा बोर्डका हाकिमहरु सपत्नी अमेरिका सयरमा


    बिहिबार, कार्तिक १६ २०८०
    3.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । देशमा आर्थिक मन्दी छ । अत्यावश्यक बाहेकका बिदेश भ्रमणमा सरकारले रोक लगाएको छ । तर, कार्यकाल सकिन लागेका राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालसहितको ५ सदस्यीय टोली सरकारी बजेटमा अमेरिका घुमघाम गरिरहेको छ । यो भ्रमण कुनै उपलब्धीका लागि भन्दा पनि कार्यकाल सकिने बेलामा सदस्य सचिव अर्यालको सरकारी बजेटमा घुम्ने उद्देश्यले मात्र भएको बोर्डकै कर्मचारी बताउँछन् ।

    राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्याल र बोर्डकै ट्रेड युनियनका अध्यक्ष नगेन्द्र ढकाल २०८० असोज ४ गते अमेरिकाको सयरमा निस्केका हुन् । उनीहरु अमेरिका घुमघाम सकेर अबको एक सातापछि फर्कदैछन् । बोर्डका सदस्य सचिव अर्याल र मन्त्रालयका सहसचिव भगवान अर्यालले श्रीमतीसमेत लिएर अमेरिका गएका छन् ।

    अमेरिकाको परीक्षा प्रणालीका बारेमा अध्ययन गर्न भनेर कागज मिलाएर उनीहरु बोर्डको लाखौं रुपैयाँ खर्च गरी अमेरिका घुम्न गएका हुन् । अमेरिकाको परीक्षा प्रणालीका बारेमा अध्ययन गर्न अमेरिकी सरकारी निकायले बोलाएको हुनुपर्छ । तर अमेरिकाको कुनै पनि सरकारी निकायले परीक्षा बोर्डमा निम्ता नपठाएको त्यहीँकै कर्मचारीले बताए ।

    बोर्डको बजेट दुरुपयोग गर्दै घुम्नकै लागि अमेरिकाका नेपाली समुदायको निम्ता मगाएर उनीहरु परीक्षा प्रणालीको अध्ययन गर्ने बहाना बनाई गएका छन् । अमेरिकाको परीक्षा प्रणाली र नेपालको परीक्षा प्रणालीमा आकाश जमिनको फरक छ । राष्ट्रिय परीक्षा बोर्डका एक कर्मचारीले भने–‘अमेरिकाको परीक्षा प्रणाली अध्ययन गरेर नेपालको परीक्षा प्रणाली सुधार गर्ने कुरा बहाना हो, उनीहरु कागज मिलाएर श्रीमतीसहित घुम्नका लागि गएका हुन् ।

    सदस्य सचिव अर्यालको ६ महिना मात्र कार्यकाल बाँकी भएकाले कागज मिलाएर राष्ट्रको ढुकुटी दुरुपयोग गरी घुम्न गएका हुन् ।’

    बोर्डका सदस्य सचिव दुर्गा र सहसचिव भगवान अर्यालले ३–३ लाखका दरले भ्रमण खर्च निकासा गराएका छन् भने ट्रेड युनियन अध्यक्ष ढकालले २ लाख लिएका छन् । अर्याल बन्धुले श्रीमतीको अमेरिका आतेजाते टिकटदेखि सपिङसम्मको ब्ययभार गोल्डेन गेट कलेजका रमेश सिलवाल, प्रसादी कलेजका बिक्रम राई, पिनाकल कलेजका ऋषि तिवारी, जेभियरका लोकबहादुर भण्डारीलगायतहरुसँग असुलउपर गरेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार