Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से १० अंकले घट्यो, कारोबार रकम कति ?


    बिहिबार, कार्तिक १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से परिसूचक १०.८६ अंकले घटेर एक हजार आठ सय ४७.७० विन्दुमा झरेको छ।

    दसैँपछिको दोस्रो कारोबार दिनमा तीन अंकले बढे पनि अन्य दिनमा नेप्से लगातार घटिरहेको छ। यसअघि नेप्से मंगलबार १४ र बुधबार पाँच अंकले घटेको थियो।

    आज एक सय ९० कम्पनीका सेयर मूल्यमा गिरावट आउँदा ४० कम्पनीको मूल्य मात्रै बढेको छ। ३७ लाख ४९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

    यस दिन नेप्सेका दुई समूहमा मात्रै वृद्धि देखिएको छ। होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह क्रमशः ४.२७ र ०.०७ प्रतिशतले बढे पनि बाँकी ११ समूहको सूचक घटेका छन्। आज म्युचल फन्ड ४.६३ प्रतिशत र व्यापार समूहमा ३.०५ प्रतिशतको गिरावट आएको छ।

    आज सबैभन्दा धेरै अंकको वृद्धि देखिएको चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०४ प्रतिशत कमाएका छन् भने सयपत्री हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन्। यसैगरी, रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा ७.४६ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्यमा ५.९१ प्रतिशतको गिरावट देखिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार