काठमाडौँ। दशैं बिदा पछिको पहिलो दिनको कारोबारमा आज नेप्सेमा भारी गिरावट आएको छ ।
यसदिन बजार २८.१८ अङ्कले घटेर १८७५.१८ विन्दुमा बन्द भएको छ । दिनभरिनै घटेर १८६७ अङ्कसम्म झरेको बजारमा अन्तिम समयमा सामान्य अङ्कले बढेको थियो । अघिल्लो कारोबारको दिन कुल ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैयाँमा सीमित हुन पुगेको छ ।
आज सर्वाधिक कमाउनेतर्फ अप्पर सोलु, सिवाईसी लघुवित्त, विपिडब्ल्यु लघुवित्त र घलेम्दी हाइड्रो कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये एनएचपिसी हाइड्रो, इङ्ग्वा हाइड्रो, सिएचडिसी र हिमालयन एभरेस्ट इन्स्योरेन्स रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
बिहीबार ट्रेडिङ उपसूचक सर्वाधिक २.६८ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक २.६१ प्रतिशतले घटेको छ । आज ननलाइफ उपसूचक सर्वाधिक १.९६ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक १.९७ प्रतिशतले घटे । आज कुनै पनि उपसूचक हरियो भने हुन सकेन ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend