काठमाडौं । सोमबार नेप्से परिसूचक ३२.१६ अंकले घटेको छ । कारोबार रकम पनि १ अर्ब २५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।
नेप्से परिसूचक १८५१.४३ बिन्दुमा झरेको आजको कारोबारमा जम्मा २२ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । २११ कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा तीन कम्पनीको मूल्य भने यथावत् छ ।
आजको कारोबारमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाइ गरेका छन् । यो कम्पनीको शेयरमूल्यमा ७.८७ प्रतिशत वृद्धि हुँदा प्रतिकित्ता शेयरमूल्य ७४० रुपैयाँ पुगेको छ ।
सयपत्री हाइड्रोपावर लिमिटेडका शेयरधनीले आज शेयरबजारमा सर्वाधिक गुमाएका छन् । यो कम्पनीको कारोबारमा नकारात्मक सर्किट लाग्दा प्रतिकित्ता शेयरमूल्य ५३८.२० रुपैयाँमा झरेको छ । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्यमा पनि १० प्रतिशतको गिरावट सहित नकारात्मक सर्किट लागेको छ ।
सोमबारप्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको कारोबार सर्वाधिक भएको छ । जसको ६ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend