काठमाडौं। हाम्रो शरीर स्वस्थ रहनको लागि हाम्रो खाना पनि राम्रो हुनुपर्छ। हामीले खाने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान केही चिज भिजाएर खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ।
यस्तै यसका लागि यी चीजहरू रातभर पानीमा भिजाएर बिहान खानुहोस्।
मेथी
मेथीको दानालाई भिजाएर बिहान खाली पेट खाइयो भने यो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर र फस्फोरस पाइन्छ जुन हाम्रो पाचन प्रणालीका लागि निकै फाइदा पुग्छ। खाली पेटमा भिजाएर मेथीको दाना खाँदा मधुमेह र अनियमित महिनावारीको समस्यामा फाइदा हुन्छ। यसका साथै दाँत र हड्डी बलियो हुन्छ।
बदाम
भिजेको बदाम खाँदा स्मरणशक्ति बढ्छ भन्ने तपाइले सुन्नु भएको होला। तर भिजेको बदाम खाँदा अन्य धेरै स्वास्थ्य फाइदाहरू पनि छन्। बदाम प्रोटिनको धेरै राम्रो स्रोत हो र यसको दैनिक उपभोगले मांसपेशी बलियो बनाउँछ। भिजेको बदाम हरेक बिहान खाली पेटमा खाँदा पाचन प्रणाली पनि राम्रोसँग काम गर्छ।
आलस
बिहान खाली पेटमा आलसको दाना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रोटिन, आइरन र ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। आलसको दाना भिजाएर खाँदा खराब कोलेस्ट्रोल कम हुन्छ र मुटु स्वस्थ रहन्छ। यसका साथै शरीरमा प्रोटिनको आपूर्तिका लागि पनि फाइदाजनक मानिन्छ।
किशमिश
सुख्खा अंगुरलाई प्रायः दहि, खीर वा अन्य चीजहरूमा प्रयोग गरिन्छ। खानामा स्वादिलो हुनुका साथै यो हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ। यसमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। सुक्खा अंगुरमा पाइने पोटासियमले उच्च रक्तचापको समस्याबाट पनि छुटकारा पाउन मद्दत गर्छ। यसमा प्राकृतिक चिनी हुन्छ जसले स्वास्थ्यलाई हानी गर्दैन त्यसैले मधुमेहका बिरामीले पनि यसको सेवन गर्न सक्छन्। भिजाएर किसमिस खाँदा एनिमिया, मृगौलाको पत्थरी, छालाको समस्या र पेटको समस्याबाट पनि राहत मिल्छ।
मुङको दाल
मुगको दाल प्रायः मानिसहरुले बिहान बेलुकाको खानासँगै खाने गर्छन्। यसलाई प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ। हरेक दिन बिहान भिजाएको मुगको दाल खाँदा धेरै स्वास्थ्यमा फाइदा हुन्छ। मुगको दालमा प्रोटिन, फाइबर र भिटामिन बी प्रशस्त मात्रामा पाइन्छ। यो खाँदा पाचन क्रियामा सुधार हुन्छ र कब्जियत र ग्यासट्रीकको समस्याबाट पनि राहत मिल्छ
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend