काठमाडौं। काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो छ ।
अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदानी लिनु भनेको ठुलो युद्ध जितेजस्तो हुने गरेको त्यहाँस्थित नेपाली नागरिक बताउछन्।
लामो समयदेखि दुबईमा कार्यरत नवलपरासीका मोहन बस्यालले भने, “धेरै नेपाली दुबईमा बस्छन्, दूतावास भने आबुधाबीमा छ । त्यहाँ पुग्नै लामो समय लाग्छ ।” नेपालमा छुट्टी हुँदा पनि दूतावास बन्द हुने र दुबईमा छुट्टी हुँदा पनि बन्द हुने समस्याले राहदानी बनाउन अर्को चुनौती दोहोरिने गर्छ । दुबईबाहेक रस अल खेमा, अजमान, फुजेरा क्षेत्रका नेपाली नागरिकलाई अझ अपायक छ ।
दूतावासले सेवा राम्रो नदिएकै कारण त्यहाँ लामो समय बसेका नेपाली आफैँले आवेदन फाराम भर्न टाइपिङ सेन्टर खोलेर सहज बनाउने प्रयास गरेका छन् । खाडी मुलुकमा मात्र हैन, युरोप, अमेरिकामा रहेका नेपालीले पनि समयमा नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाउने गुनासो उस्तै छ ।
पोर्चुगलमा रहनुभएकी चितवनकी पुनम गौतमले घुम्ती शिविर नआए राहदानी नवीकरणको सम्भावनै नरहेको सुर्नाए । उनले भने, “छ महिनाअघि शिविर आएको थियो, त्यो बेला बनाउन नपाएका र नभ्याएका तनावमै छन् ।”
पछिल्लो समय युरोपमा रोजगारी र अध्ययनका लागि जाने नेपालीको सङ्ख्या बढ्दो छ । त्यस्तोमा सुविधा सहज उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयअघि नेपालमा भएको कूटनीतिक सम्मेलनमा निर्देशन दिए । तर परराष्ट्र मन्त्रालयले जनशक्ति व्यवस्थापनको मार्ग खुला गर्न सकेको छैन । ‘ओएनएम’ खुलाउन पहल भइरहेको प्रवक्ता सेवा लम्सालले बताए ।
राहदानी विभागका महानिर्देशक लक्ष्मण खनाल विदेशका नियोगमा राहदानी दिलाउन समस्या रहेको स्विकार्छन् । इनरोलमेन्टको मिति नै नपाएको भन्ने गुनासो बढी विभागमा आउने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend