Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई


    शनिबार, असार ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो ।

    अहिले करिब ५ लाख थान राहदानी मात्र मौज्दात छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले यस्तो बताएका हुन् ।

    ‘सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्छ,’ समितिको बैठकमा उनले भने, ‘अहिले अभाव हुन नदिन भेरिएसन गरेर खरिद गर्नुपर्ने अवस्था छ ।’ खुला प्रतिस्पर्धा नगराई पटकपटक भेरिएसन गरेर राहदानी छापिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार