एजेन्सी । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले निकैनै चिन्तित रहेका छन्। कपाल झर्नु आम मानिसको समस्या हो । यो एक प्राकृतिक प्रक्रिया हो । तर, कतिपयको अस्वाभाविक तरिकाले कपाल झर्दछ ।
आजकल उमेर ढल्केकाहरुको मात्र नभई युवा पुस्तामासमेत कपाल झर्ने समस्या बढ्दो छ । युवा अवस्थामा नै कपाल झर्न थालेपछि धेरै युवायुवतीहरु विभिन्न समाधानको उपाय अपाउछन् ।
त्यसैगरी कपाल लामो बनाई दिने, कपाल झर्न रोकी दिने जस्ता विज्ञापन हेरेर हामीले कति सामान किन्यौं होला तर के बजारमा पाइने यस्ता सामानले साच्चै नै कपाल झर्न कम हुन्छ त ? अथवा बजारले हामीलाई मूर्ख मात्र बनाई रहेको छ । आउनुहोस आज जान्ने कोसिस गरौं ।
दैनिक ५० देखि १०० कपाल झर्नु सामान्य नै हो यसमा चिन्ता लिनु पर्दैन । तर यो भन्दा बढी कपाल झर्न लागेमा समस्या भएको भनेर बुझ्न आवश्यक छ ।
कपाल विभिन्न कारणले झर्ने गर्छ । मुख्यतया कपालको स्वास्थ कस्तो हुने भन्ने निर्धारण तपाईको जेनेटिक्सले गर्छ, परिवारमा कसैको अत्याधिक कपाल झर्ने समस्या छ भने तपाई को पनि झर्ने सम्भावना रहन्छ ।
त्यस्तै तपाईको जिवनशैली, तपाईले लिने आहारले पनि कपाल झर्ने सम्भावना रहन्छ । कपालसँगै सम्पुर्ण शरीर को स्वास्थ्यका लागि नै सन्तुलित तथा पौष्टिक आहार आवश्यक हुन्छ । बायोटिन, भिटामिन (विशेष गरी भिटामिन बी ), फलाम र जिंक जस्ता खनिज कपालका लागि महत्त्वपूर्ण छन्। यी पोषक तत्वको कमीले कपाल झर्न सहयोग पुग्छ ।
तपाईको समग्र जीवनशैलीले कपालको स्वास्थ्यलाई असर गर्न सक्छ । तनाव, निन्द्राको कमी र धुमपान जस्ता अस्वस्थ बानीले पनि कपाल झर्छ । तनाव कम गरेर पर्याप्त निद्रा प्राप्त गरेर र स्वस्थ जीवनशैली अपनाएर पनि कपाल झर्ने समस्या कम गर्न सकिन्छ ।
केही रोगहरु जस्तै थाइरोइड, हार्मोनल असन्तुलन र टाउकोको अवस्थाले पनि कपाल झर्ने समस्या हुन सक्छ । तपाईंले प्रयोग गर्ने स्याम्पु, कन्डिसनर, र तेल पनि कपाल झर्नुको कारण हुन सक्छन् ।
मुख्यतया कपाल झर्ने कारण पत्ता लगाएपछि बल्ल उपचारमा सहज हुन्छ । यदि पोषणको कमीले कपाल झरेको हो भने त्यसका लागी तपाईले आफनो खानपानमा प्रोटिन, भिटामिन, बायोटिन, आईरन, जिंक लगायत समावेश गर्नुपर्ने हुन्छ ।
सुकेको मसरुममा प्रोटिन धेरै हुने भएकाले यो कपाल को स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै दाल, सिमी, राजमा जस्ता गेडागुडीमा आइरन प्रसस्त मात्रामा पाइन्छ जुन कपालका लागी एकदमै आवश्यक छ ।
शरीरमा आइरन एवजर्व गर्न भिटामिन सी पनि उत्तिकै आवश्यक हुन्छ । त्यसका लागी गेडागुडीसँग कागती राखेर या सुन्तलाको जुस खान सक्नुहुन्छ । कुखुराको फिला मा पनि लाईसिन नामक एमिनो एसिड पाइन्छ जसले शरीरमा आईरन एवजर्व गर्न मद्दत पुर्याउँछ । यसका साथै अण्डा , दाल, मेवा, केरा जस्ता खानाले पनि कपाललाई बलियो बनाउँछन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend