काठमाडौं। आर्थिक मन्दीका कारण काठमाडौं महानगरभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौं महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् ।
कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाका निर्देशक सुमित्रा लामिछानेले गत आर्थिक वर्ष २०७९/८० मा ६६ जना घरधनीले घर खाली गराउन निवेदन दिएको बताए । तीमध्ये ५० वटाको महानगर न्यायिक समितिबाट फैसला भइसकेको छ भने १६ वटा मुद्दाको किनारा लाग्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा २८ जना घरधनीले निवेदन दिएका छन् । जसमा घर खाली, निर्माण रोक्का, अंश, छलफल गराई पाऊँ, रकम फिर्ता, करार कार्यान्वयनलगायत मुद्दा छन् । उनले कोरोनाअघि काठमाडौँ महानरमा घर खाली वा सटर खाली गराउन १०/१५ वटा मुद्दा पर्ने गरेकोमा पछिल्लो समय बढ्दै गएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend