काठमाडौं। सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद्को बैठक सरुवाको निर्णय गर्नमै सीमित बनेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठक न्यायाधीश नियुक्ति गर्न असमर्थ बनेको हो ।
न्यायाधीश नियुक्ति सधैँभरि विवादको विषय बन्दै आएको छ । शनिबारको बैठकमा पनि परिषद् सदस्यहरूबीच विवाद हुँदा न्यायाधीश नियुक्ति सिफारिस हुन नसकेको परिषद् सचिवालयले जनाएको छ । बैठकले उच्च अदालतका सात न्यायाधीश र जिल्ला अदालतका पाँच न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उच्चमा मुख्य न्यायाधीशसहित ३५, सर्वोच्चमा ६ र जिल्लामा ३८ न्यायाधीशको पद रिक्त छ । यसअघि शुक्रबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीशका नाम सिफारिस गरेको थियो । जिल्ला न्यायाधीशमा एकजना मात्र उत्तीर्ण जिल्ला अदालतमा रिक्त ३८ न्यायाधीशको पदका लागि लिइएको परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend