काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले भान्जा नाता पर्ने दिवस आचार्यलाई कम्पनी रजिष्टारको जिम्मेवारी दिएका छन् । आचार्य यसअघि राष्ट्रिय सूचना आयोगमा थिए । सूचना आयोगको कार्यालय साबिकको कम्पनी रजिष्टार कार्यालयमा सारिसकेपछि सहसचिव आचार्य सँगैको कार्यालयको रजिष्टार हुन पुगेका छन् ।
उद्योग मन्त्रालयमा हाजिर भएको २४ घन्टा नबित्दै निरौलाले आचार्यलाई सो जिम्मेवारी दिएका हुन् । कम्पनी रजिष्टार महेश बराललाई राष्ट्रिय सूचना आयोगमा पठाएर आचार्यलाई सो जिम्मेवारी दिइएको छ । पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यका आफन्त दिवसलाई उद्योगमा प्रवेश गराउन सचिव निरौलाले सामान्य प्रशासन मन्त्रालयका विनोदप्रकाश सिंहलाई समेत प्रयोग गरेका छन् । ५ महिनामै गजेन्द्र ठाकुरलाई हटाएर सुपारी तस्करीको लाइन खुलाउनका लागि तीर्थ चिलुवाललाई बाणिज्य बिभागको महानिर्देशकमा लगिएको छ ।
अर्थमन्त्रालय अन्तर्गत राजस्व समूहमा रहँदा आकर्षक कर र भन्सार कार्यालयमा कार्यरत रहिसकेका र अकूत सम्पत्ति आर्जन गरिसकेका चिलुवाल सहसचिव बढुवापछि अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा पदस्थापन भएका थिए । अख्तियारबाट फेरि उनलाई बिचौलिया रामचन्द्र भट्ट ‘चन्दने’ को सिफारिसमा कांग्रेस नेतृ आरजु राणाले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनाएको चर्चा उद्योग मन्त्रालयमा हुँदैआएको छ ।
रामचन्द्र भट्ट सुपारी तस्करीका लागि गतबर्ष ठाकुर महानिर्देशक हुँदा पनि सेटिङ गरिसकेका थिए । तर त्यो सेटिङ उजागर भएपछि ठाकुर ब्याक भएका कारण उनलाई ५ महिनामै मन्त्रालयमा तानी चिलुवाललाई लगिएको स्रोतको दाबी छ ।
विगतमा सहसचिव र उपसचिवहरुलाई लामो समयसम्म पदस्थापन नगरेको थुप्रै नजिर उद्योग मन्त्रालयमा छन् । तर चिलुवाल र आचार्य उद्योगमा सरुवा भएको २४ घन्टा नबित्दै महत्वपूर्ण जिम्मेवारी पाउने भाग्यमानी सहसचिवका रुपमा दरिएका छन् । उनीहरुलाई आकर्षक ठाउँ दिनका लागि बाणिज्यका महानिर्देशक ठाकुर ५ महिनामै मन्त्रालयको आपूर्ति ब्यवस्थापन महाशाखामा तानिएका छन् । यही मौकामा सचिव निरौलाले उद्योग मन्त्री रमेश रिजाललाई गुमराहमा पारेर कार्यक्षमता कमजोर रहेका प्रशासन महाशाखाका लीलाप्रसाद शर्मा मन्त्रालयको आकर्षक मानिने बहुपक्षीय ब्यापार प्रबद्र्धन महाशाखाको जिम्मेवारी दिएका छन् ।
त्यसैगरी, नीति योजना महाशाखाका प्रमुख जीवलाल भूसाल औद्योगिक प्रबद्र्धन महाशाखा प्रमुखमा, औद्योगिक प्रबद्र्धन महाशाखाको प्रमुख यज्ञ कोइरालालाई प्रशासन महाशाखामा पुर्याइएको छ । कोइरालाको पनि ५ महिनामै महाशाखा परिवर्तन गरिएको छ । मन्त्रालयका रैथाने सहसचिवको रुपमा दरिएका पूर्वाधार महाशाखा प्रमुख चन्द्रकला पौडेल र अझै उद्योग बिभागका पूर्व महानिर्देशक रामचन्द्र तिवारीको महाशाखा परिवर्तन गरिएको छैन । तिवारी र पौडेल सचिव निरौलालाई रिझाएकै कारण आकर्षक महाशाखामा थमौती हुन सफल भएका छन् । उद्योग मन्त्रालयमा मन्त्री रिजाल सेरोमेनियल जस्तै छन् ।
डिफ्याक्टो मन्त्रीको रुपमा निजी सचिव मातृका आचार्य र सचिव निरौलाले मन्त्रालय आफू अनुकूल संचालन गर्दैआएको आरोप छ । मन्त्री भएको ६ महिना बित्दा पनि अझै मन्त्रालय संचालनको मेसो पाउन नसकेका रिजाल उद्योग मन्त्री भएको महसुस उद्योगीहरुले गर्न सकेका छैनन् । कार्यक्षमतामा अत्यन्त कमजोर देखिएका मन्त्री रिजाललाई सचिव निरौलालले फनफनी घुमाइरहेका छन् ।
सुपारी तस्करीको कनेक्सन कहाँसम्म ?
सुपारी तस्करीको कनेक्सन मिलाउनेमा भट्टका अलावा बिराटनगरका ब्यापारी दिनेश राठी पनि छन् । उनीहरुले नै ५ महिनामै डीजी परिवर्तन गराउने वातावरण मिलाएको स्रोत बताउँछ ।
श्रीराम टोबाको कम्पनीका किशोरकुमार मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी, दीपक पोखरेल, प्रदीप मुरारकाको नाम पनि सुपारी तस्करीमा जोडिने गरेको छ । मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर यी व्यापारीले भारततिर तस्करी गर्दैआएका छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर तेस्रो मुलुकबाट आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् ।
सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend