Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो : मन्त्री किराती


    सोमबार, भाद्र २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको बताएका छन् । बौद्ध जागरण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘यो सरकार प्रति आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ । यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’

    इतिहासमा यति धेरै काम भइरहेको र जनतामा आशा बिस्तारै जागिरहेको उनको भनाइ छ। आफूलाई आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब आएको भन्दै उनले गलत काम नगर्ने र बरु पद त्याग्न तयार रहेको जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार