काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । यसदिन आइतबार बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो ।
१ भदौदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।
नेप्सेमा आइतबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.२८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।
आइतबार नेप्सेमा नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । घट्दो बजारमा आइबार आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।
आज नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १९० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये फर्वाड लघुवित्तको सेयरमूलय ४.५७ प्रतिशतले वृद्धि हुँदा आरएसडीसी लघुवित्तको सेयरमूल्य ४ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाइमूल्य ३.९७ प्रतिशतले गिरावट भएको छ ।
यता १०.३५ प्रतिशतको कृषि विकास बैंक ऋणपत्र २०८३ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा अपर स्याङ्गे हाइड्रोपावरको इकाइमूल्य ९.०२ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend