काठमाडौं। साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा सामान्य अंकले करेक्सन आएको छ। यसदिन नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.५९ अंकले घटेर ३९०.४३ विन्दुमा पुगेको छ।
यसदिन २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कम्पनीको २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार नेप्से परिसूचक ३८ अंकले घटेको थियो। सो दिन २ अर्ब ६८ करोड बढि मूल्यको सेयर कारोबार भएको थियो।
आज नेपाल रिपब्लिक मिडियाको ९.९९ र गुराँस फाइनान्सको ९.९४ प्रतिशतले सेयर मूल्य बढ्यो। कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिपब्लिक मिडिया ८ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। बैंकिङ,हाइड्रोपावर,इन्भेस्टमेन्ट र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएको हो।
११६ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ८ को स्थिर रह्यो।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend