काठमाडौं। आज साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो।
यसदिन २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १८ लाख ४१ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो। आज ७६ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।
नेप्से सामान्य अंकले बढेपनि दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहयो। सो कम्पनीको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।
यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने ५ को घट्यो।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend