Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से


    बिहिबार, साउन १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो।

    यसदिन २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १८ लाख ४१ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो। आज ७६ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।

    नेप्से सामान्य अंकले बढेपनि दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

    यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहयो। सो कम्पनीको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।

    यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने ५ को घट्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार