Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित भयो


    बिहिबार, साउन ११ २०८०
    1.4K
    Shares
    sf7df8f}F, !^ ebf} . ;+3Lo ;+;b /fli6«o;efsf] laxLaf/ j;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाबाट मिटर ब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पुनः स्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो ।

    प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । उक्त विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ ।

    साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार