बैतडी। लगातारको वर्षापछि बैतडीमा आएको पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका- २ को भैरु टोलमा घर पुरिदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख चौधरीका अनुसार मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्।
स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ। करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले जानकारी दिए।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend