काठमाडौं । अमेरिकी सरकारले गलत सूचना तथा उत्तर दिएको भन्दै च्याटजीपीटीको मातृकम्पनी ओपनएआईमाथि अनुसन्धान गर्ने भएको छ । अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी)ले च्याटजीपीटीले जेनेरेट गर्ने गलत सूचनाको जोखिमको अध्ययन गर्ने भएको हो ।
एफटीसीले ओपनएआईलाई पत्र पठाउँदै अनुसन्धानको लागि सहयोग गरिदिन आग्रह गरेको बीबीसीले जनाएकाे छ । ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्टम्यानले अमेरिकी सरकारको यो अनुसन्धानमा आफूले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
च्याटजीपीटीले क्षणभरमै मानिसले इन्टरनेटमा खोज्न चाहेको कुरा सहज तरिकाले उपलब्ध गराइदिन्छ । यो प्रविधिले भोलिको दिनमा अनलाइन सर्चको ट्रेन्डलाई नै परिवर्तन गरिदिने अपेक्षा गरिएको छ ।
च्याटजीपीटीको सुरुवातसँगै अन्य प्रतिस्पर्धी कम्पनीहरूले पनि आफ्नै एआई च्याटबट सार्वजनिक गरेका छन् र यो क्रम जारी छ । यसको प्रयोगसँगै यसले निम्त्याउन सक्ने जोखिम, यस्ता च्याटबटले दिने सूचनाको शुद्धता लगायतका विषयमा बहस उठेको छ ।
एफटीसीको पत्रमा ओपनएआईलाई अनुसन्धानका लागि विभिन्न प्रश्नहरू सोधिएको छ । जसमध्ये एउटा प्रश्न ओपनएआईले गलत, भ्रामक, अपमानजनक वा हानिकारक प्रतिक्रिया रोक्नको लागि कस्तो कदम चालिरहेको छ भन्ने रहेको छ ।
साथै एफटीसीले डेटाको सुरक्षालाई ओपनएआईले चालेका कदमहरूको विषयमा पनि सोधेको छ ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend