Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मातृशोकमा परेकी मेयर रेणु दाहाललाई बालेनले दिए समवेदना


    बुधबार, असार २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई समवेदना दिएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर दाहालसहित शोकाकुल परिवारमा समवेदना दिएका हुन् ।

    उनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् । साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

    ६९ वर्षीय सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार