काठमाडौं । नेपाल प्रहरीमा आर्थिक बर्षको अन्तिममा लेखापाल सरुवा हुने गर्दछ । लेखापाल सरुवा हरेक बर्ष विवादमा पर्ने गरेको छ । प्रहरीमा लेखापालको तालिम लिन र आकर्षक जिल्लामा सरुवा हुनका लागि ठूलै चलखेल हुने गरेको छ । लेखाको तालिम लिन गृहमन्त्री, गृहसचिव मात्र होइन, प्रधानमन्त्रीसम्मकै सोर्सफोर्स चल्ने गर्दछ । भीभीआईपीका पीएसओदेखि आईजीपीका पीएसओ र वरिपरि बस्नेहरु लेखा तालिम लिने र पछि आकर्षक जिल्लामा सरुवा हुने गरेका छन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीमा लेखाको सरुवा मापदण्ड विगतको भन्दा पारदर्शी बनाउने अपेक्षा गरिएको थियो । तर उनले विगतको मापदण्ड पनि अझ खुकुलो बनाएर पहुँचका आधारमा प्रवेश गरेका र आकर्षक जिल्लामा सरुवा भएर अकूत कमाएकाहरुकै लागि अनुकूल बनाएको आरोप छ ।
लेखामा तालिममा प्रवेश गर्ने र अवकाश हुने बेलासम्म लेखामै काम गर्ने पहुँचवाला असई–सईहरुको बोलावाला प्रहरीमा थियो । नेपाल प्रहरीमा पहुँच नहुनेहरु लेखा तालिममै नपर्ने, परिहालेमा जिल्लामा सरुवा हुनै नसक्ने नीतिको आलोचना भएपछि उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा ६ बर्षसम्ममात्र लेखापालमा कार्यरत रहने मापदण्ड बनाइयो । र, लेखामा प्रवेश र सरुवामा पारदर्शीता अपनाउने पहिलो प्रयास अर्यालले सुरुवात गरेका थिए । तर २०७८ असार २८ मा परमादेशका आधारमा गठन भएको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले त्यो बर्ष सरुवा नै गरेनन् । कार्यरत लेखापालहरुसँगै कुस्त घुस संकलन गरी खाँणले लेखाको सरुवा नै नगरेको आरोप लागेको थियो ।
२०७९ मा तत्कालीन आईजीपी धिरजप्रताप सिंहले लामो समय लेखामा काम गरेकाहरुको चलखेलमा लेखापालको सरुवा मापदण्ड संशोधन गरी ७ बर्ष काम गर्न पाउने बनाए । यो बर्ष आईजीपी कुँवरले ८ बर्ष काम गर्न पाउनेगरी मापदण्ड संशोधन गरेका छन् । लामो समय लेखामा काम गरेकाहरुलाई लाभ हुनेगरी प्रशासन विभागका प्रमुख एआईजी दीपक थापाको सल्लाहमा उनले मापदण्ड संशोधन गरेको प्रहरी स्रोतको दाबी छ ।
प्रहरीको लेखामा आकर्षक कमाई हुने र पोशाक लगाएर ड्युटी गर्न नपर्ने भएकाले सुविधाजनक जागिर मानिन्छ । चालु आर्थिक बर्षमा प्रहरीमा ५७ जिल्लाका लेखा अधिकृतको २ बर्ष पूरा भएकाले सरुवा हुँदैछ । प्रहरीका प्रायः सबै जिल्लाका लेखापालहरु राम्रो कमाइ हुने ठाउँमा सरुवा हुनका लागि असार २५ गते खाता क्लोज गरी काठमाडौंमा शक्तिकेन्द्र रिझाउन आएका छन् । आईजीपी कुँवरले लेखापाल सरुवा सिफारिस गर्नका लागि आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका डीआईजी केदार ढकालको अध्यक्षतामा ती सदस्यीय कमिटी बनाएका छन् । जसमा कर्मचारी प्रशासन शाखाका एसपी अर्जुन तिमल्सिना र आन्तरिक लेखापरीक्षणका डीएसपी किशोर श्रेष्ठ सदस्य रहेका छन् ।
विगतमा असईमा लेखा तालिम लिएका सईहरुलाई बरिष्ठताका आधारमा लेखापालमा सरुवा गर्न प्रचलन थियो । तर त्यो परम्परा लागू हुँदा चलखेल गर्न नपाउने भएपछि सिफारिस समिति बनाएर गर्न लागिएको आरोप नेतृत्वमाथि लागेको छ । लेखापालको सरुवामा ५ देखि १० लाखसम्मको चलखेल हुने गरेका समाचार हरेक बर्ष आउने गरेका छन् ।
प्रहरीको लेखापाल सरुवामा ठूलो चलखेल हुने गरेको छ । पूर्व गृहमन्त्री समेत भइसकेका हालका रक्षामन्त्री पूर्णबहादुर खड्काका जिल्लाबासी र आफन्त सुरेन्द्र केसी र पूर्व गृहमन्त्री जनार्दन शर्माका आफन्त कपिल शर्मा, नेपाली कांग्रेसका नेता भरत साहका साला अपूर्व ढुंगानाहरु सधैं प्रहरीको लेखामै रुपमा काम गरी अकूत कमाउनेमा पर्दछन् । त्यसो त लेखामै बसी अकूत कमाउनेमा दीपेन्द्र भट्ट, मीन बस्नेत, फणिन्द्र रानाभाट, ढुण्डीराज गिरी, चन्द्र गिरी लगायत छन् । पूर्वआईजीपी सर्वेन्द्र खनालले आफ्ना पीएसओ सई बिजय यादवलाई लेखा तालिममा मात्र हालेनन्, अवकाश भएपछि तत्कालीन आईजीपी धिरजप्रतापलाई भनेर धनुषाको लेखापालमा सरुवा गराएका थिए । जबकि यादवसँग लेखा तालिम लिएकाहरु अहिलेसम्म लेखापाल हुनपाएका छैनन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend