Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३८ हजार डलरसहित अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ


    बुधबार, असार २७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अमेरिकी नागरिक ३८ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले केभिन वेस्ली फिलिप्स नाम गरेका अमेरिकी नागरिकलाई पक्राउ गरेको हो ।

    उनी भिस्तरा एयरलाइन्समार्फत नयाँ दिल्ली जान लागेका थिए । उनको साथबाट २ लाख ६९ हजार ३ सय ५० श्रीलंकन रुपी पनि बरामद भएको प्रहरीले जनाएको छ । फिलिप्समाथी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार