काठमाडौँ। नेकपा एमाले संसदीय दल अवरुद्ध संसद् बैठक खुलाउन सकारात्मक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति फिर्ता लिने र संसदलाई प्रष्टीकरण दिने भएपछि बैठकको अवरोध हटाउन एमाले संसदीय दल सकारात्मक भएको स्रोतले बतायो।
प्रधानमन्त्री ‘प्रचण्ड’सहित प्रमुख तीन दलबीचको सिंहदरबारमा बसेको बैठक गत्तै बानेश्वरमा एमाले संसदीय दलको बैठक बसेको थियो।
संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा दलका नेता केपी शर्मा ओलीले तीन दलको बैठकको समझदारी ब्रिफिङ गरेका थिए। त्यहाँ उनले प्रधानमन्त्री प्रचण्डले १८ गतेको अभिव्यक्ति र २१ गतेको सचिवालयलले निकालेको प्रेस विज्ञप्ति पनि फिर्ता लिने बिफ्रिङ गरेको सांसद ठाकुर गैरेले जानकारी दिए।
‘प्रधानमन्त्रीले अभिव्यक्ति र वक्तव्य फिर्ता लिने र सदनमा प्रष्टीकरण पनि दिने भनेपछि संसदीय दल अवरोध हटाउन सकारात्मक छ। तर, प्रधानमन्त्रीको वक्तव्य कसरी आउँछ त्यसलाई पनि हेर्ने कुरा भएको छ,’ उनले भने।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend