Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबर्जस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद


    आइतबार, असार २४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई साढे १८ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर बिकविरुद्ध उक्त फैसला सुनाएको हो ।

    यही असार १३ गते मुद्दा फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको हो। अदालतले बिकलाई छ लाख जरिवाना र १५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बुझाउनुपर्ने फैसला गरेको छ ।

    अभियुक्त बिकविरुद्ध ८ असार २०७८ मा तनहुँ जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार