Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शीर्ष नेताको बैठक सकियो: एमालेले सदन अवरोध खोल्ने, प्रधानमन्त्रीले स्पष्टीकरण दिने


    आइतबार, असार २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सकिएको छ।

    बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने निष्कर्ष निकालिएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।

    कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए । उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ ,’ उनले भने । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

    बैठकपछि एमाले अध्यक्ष ओलीले भने सञ्चारकर्मीहरुसँग ‘भरे देख्नुहुन्छ’ भन्ने छोटो प्रतिक्रिया दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार