Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा


    आइतबार, असार २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा सत्तारुढ नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति दिने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय र बहुमत पुर्‍याउन हस्ताक्षर दिने सभामुख बाबुराम गौतमको कदमविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।

    गत शुक्रबार प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसकेपछि सभामुख गौतमकोसमेत हस्ताक्षर बुझाइएको थियो ।

    माओवादी केन्द्रका थर्फबाट सभामुख निर्वाचित भएका बाबुराम गौतमले सभामुखमा निर्वाचित भएकै दिन दल त्याग गरिसकेको कारण सरकार बनाउने र गिराउने खेलमा लाग्नु असंवैधानिक रहेको ठहरसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमर कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार