Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी: गठबन्धनबीच खटपट, एकीकृत समाजवादीले आज हुने शपथ बहिष्कार गर्ने


    आइतबार, असार २४ २०८०
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको छ।

    मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धन घटक एकीकृत समाजवादीले आपत्ति जनाउँदै उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको छ।

    सरकार गठनपूर्व सुरूआतमा गठबन्धनका दलहरूबाट एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो।

    एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राइले आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए।

    आज विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बन्दैछन्। कांग्रेसबाट रामकुमार खत्री पनि आजै मन्त्री बन्दैछन् ।

    यसअघि शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए।

    गठबन्धनमा छलफल नै नगरी कांग्रेस र माओवादीले मन्त्री पठाएका कारण आजको शपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने नेता राइले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार